काठमाण्डु – नेपालमा एक जना चिनियाँ पर्यटकको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट पहिलो पटक विदेशी नागरिकको मृत्यु भएको छ ।
काठमाडौंको टिचिङ अस्पतालमा उपचाररत् ५८ वर्षीया चिनियाँ नागरिकको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
अस्पतालका निर्देशक डा. रोहित पौडेलका अनुसार हिजो बेलुका अस्पताल भर्ना भएकी उनलाई ग्रान्डी अस्पतालबाट टिचिङमा रिफर गरिएको थियो ।
उनको शव दूतावासको रोहबरमा सेनाले व्यवस्थापन गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
त्यस्तै मोरङको महोत्तरी गाउँपालिका–३ का ६० वर्षिय बृद्धको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति ७ बजे मृत्यु भएको थियाे ।
अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार गम्भिर अवस्थामा अस्पताल भर्ना भएका उनको कोरोना पोजेटिभ रिपोर्ट आएको तीन दिनपछि मृत्यु भएको हो । ती बृद्धको गएराति नै अन्त्यष्टि गरिएको प्रवक्ता डा. सापकोटाले जानकारी दिए ।




प्रतिक्रिया