काठमाण्डु – नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाबाट थप ४ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।
मृत्य हुनेमा पर्साको वीरगन्ज महानगरपालिका ११ श्रीपुरका ५६ वर्षीय पुरुष, वीरगन्ज महानगरपालिका १६ का ३५ वर्षीय पुरुषको बिहीबार साँझ मृत्यु भएको हो ।
त्यस्तै पर्साको वीरगन्ज महानगरपालिका २ का छपकैया निवासी ६५ वर्षीय पुरुषको पनि बिहीबार बिहान कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।
त्यस्तै पर्सा घर भइ हाल धसीखेल–५, ललितपुर बस्ने ६५ वर्षीय महिलाको शुक्रबार पाटन अस्पताल ललितपुरमा मृत्यु भएको छ ।




प्रतिक्रिया