काठमाण्डु – नेपालमा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झापा, सिरहा र मोरङका तीन जना, बुटवलको कोरोना विशेष आइसोलेसन अस्पतालमा एक जना र चितवन मेडिकल कलेजमा एक जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।
धरानमा मृत्यु हुनेमा सिरहाका ५५ वर्षीय पुरुष, झापाका ८३ वर्षीय पुरुष र मोरङ बेलबारीकी ५६ वर्षीया महिला रहेका छन् ।
मृतक तीन जना उच्च रक्तचाप, मृगौलाबाट पीडित थिए । दुई जना मोरङ र झापाका संक्रमितको आज बिहान मृत्यु भएको हो भने सिरहका पुरुषको बिहीबार साँझ मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
त्यस्तै बुटवलको तिलोत्तमा–४ का ६० वर्षीय पुरूषको उपचारका क्रममा मृत्यु भएको छ । उनी उच्च रक्तचापबाट पीडित थिए । उनको भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो ।
त्यस्तै चितवनमा उपचार गराइरहेकी हेटौंडा उपमहानगरपालिका–१९ कि ७१ वर्षीया महिलाको मृत्यु भएको छ ।
दम रोगबाट पीडित रहेकी उक्त महिलाको गत ७ गते पिसिआर परीक्षण गराउँदा पोजेटिभ रिपोर्ट आएको थियो ।




प्रतिक्रिया