एजेन्सी – चीनको वुहानबाट सुरु भएको कोरोनाले अब यूरोपलाई आफ्नो चपेटामा पारेको छ । विगत २४ घन्टाको अवधिमा यूरोपेली देशमा सर्वाधिक बढीको मृत्यु भएको छ । इटाली, स्पेन, फ्रान्स र जर्मनीमा लगातार मृत्युको आंकडा बढीरहेको छ ।
यूरोपका कयौं शहर लकडाउन भएका छन् । सडक सुनसान भएका छन् । हालसम्म चीनमा जति मृत्यु भएको छ त्यो भन्दा बढी विश्वका अन्य मुलुकमा भएको छ ।
विश्वभरीमा ७१६४ को मृत्यु
विश्वका १६२ देश कोरोनाको चपेटामा आएका छन् । विगत २४ घन्टामा पुरै विश्वमा ५०० भन्दा बढी मासिनको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार चीनमा कोरोनाबाट हाल सम्म कुल ३२२६ को मृत्यु भएको छ । विश्वरभीमा यसबाट मृत्यु हुनेको संख्या ७१६४ पुगेको छ । चीन बाहिर ३९३८ को मृत्यु भएको छ ।
इटालीमा १ दिनमै ३४९ को मृत्यु
कोरोनाभाइरसबाट सबैभन्दा बढी असर इटालीमा परेको छ । सोमबार इटालीमा ३४९ को मृत्यु भएको छ र इटालीमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २१५८ सम्म पुगेको छ । यसका साथै ३२३३ नयाँ संक्रमण पुष्टि भएको छ । कोरोनाभाइरसको चपेटामा आउनेको संख्या बढेर २७,९८० पुगेको छ । चीन बाहिरको मुलुकमा मृत्यु हुनेको संख्या इटालीमा बढी रहेको छ ।
इरानमा १२९ को मृत्यु
इटालीपछि मृत्यु हुनेको संख्या इरानमा १२९ सहित बढी रहेको छ । यसरी इरानमा मृत्यु हुनेको संख्या बढेर ८५३ पुगेको छ । यो बिमारीको चपेटामा आउनको संख्या १४,९९१ पुगेको छ । विगत २४ घन्टाको अवधिमा इरानपछि स्पेनमा ४८ को मृत्यु भएको छ र आंकडा ३४२ पुगेको छ । जबकि स्पेनमा हालसम्म कुल ९,९४२ संक्रमित रहेका छन् ।
कुन देशमा कारोनाबाट कतिको ज्यान गयो ?
चीन ३,२२६
इटाली २१५८
इरान ८५३
स्पेन ३४२
फ्रान्स १४८
दक्षिण कोरिया ८१
अमेरिका ८७
बेलायत ५५
नेदरल्यान्ड्स २४
जर्मनी १७
स्वीट्जरल्यान्ड १९
जापान २४




प्रतिक्रिया