काठमाडौं – सेती प्रादेशिक अस्पतालबाट धनगढीका ३४ वर्षीय युवा कोरोनालाई जितेर घर फर्किएका छन् ।
दुबईबाट नेपाल आएका ती युवाको चौथो र पाँचौं परीक्षण नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डाक्टर जगदिश जोशीले बताए ।
चैत १४ गते कोरोना पोजेटिभ देखिएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका उनी १६ दिनपछि घर फर्केका हुन् ।
यही अस्पतालमा उपचाररत लम्कीचुहाका २१ वर्षीय संक्रमित युवक पनि आइतबार स्वस्थ भएर घर फर्किएका थिए ।





प्रतिक्रिया