काठमाण्डु – नेपालमा कोरोनाको दोस्रो लहर फैलिरहेको छ । आवश्यक पुर्व तयारी नहुँदा अहिले भएका स्वास्थ्य संरचनाले धान्ने नसक्ने स्थिति निम्तिएको छ ।
पछिल्ला दिनमा मृत्युदर पनि बढिरहेको छ । तर, अझै राजनीतिक दलहरु कोरोना नियन्त्रणमा भन्दा पनि सरकारको जोड घटाउमा व्यस्त छन् । अझैपनि प्रभावकारी कदम नचाले तेस्रो लहरले अझ भयावह रुप लिन सक्ने भन्दै विज्ञहरुले चेतावनी दिइरहेका छन् ।
पहिलो चरण जस्तै सामान्य सोच राखेर कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसक्दा यस्तो अवस्था आएको भन्दै सरकारको आलोचना भइरहेको छ । डा. रुद्र मरासिनले अहिलेको स्थिति आउनुमा आफूले देखेका कारण उल्लेख गरेका छन्ः
१) बोर्डर, क्वारेन्टाइन र आइसोलेसन सेन्टरहरु व्यवस्थापन गर्न नसक्नुले नै अहिलेको यो स्थिति आएको हो ।
२) धेरै संक्रमितहरुले (खासगरी गाउँमा) परीक्षण नै गराएका छैनन् । भाइरल ज्वरो वा टाइफाइड भन्दै बसेका छन् र अरुलाई संक्रमण सारेका छन् ।
३) जसले परीक्षण गराएका छन् उनीहरु जटिल अवस्थामा मात्र अस्पताल पुग्ने गरेका छन् । ४) जो अस्पताल पुगेका छन् उनीहरुले सहजै बेड, आईसीयू र राम्रो उपचार पाएका छैनन् । ५) जसले बेड पाएका छन् उनीहरुले अक्सिजन पाएका छैनन् ।
६) स्वास्थ्यकर्मीहरुको मनोबल गिर्दो छ, प्रोत्साहन गर्ने कुनै कार्यक्रम आएको छैन ।
७) कोरोना बाहेकका अन्य रोगको उपचार त झन् झन् जटिल बन्दै गएको छ । अन्य रोगको उपचारलाई पनि व्यवस्थित र सहज बनाउनु हाम्रो दायित्व हो । त्यसैले अब तेस्रो लहर आउनुभन्दा पहिला नै थुप्रै सुधार गर्न सक्ने ठाउहरु छन्, सबैले आ–आफ्नो ठाउँबाट सुधार गरौं । सबै सरकारको मात्र भर नपरौ, आफू पनि उत्तिकै जिम्मेवार बनौं । एकले अर्कालाई दोष थुपार्ने मात्र ग¥यो भने तेस्रो लहरमा झनै बढी क्षति व्यहोर्नु पर्नेछ ।
(डा. मरासिनी राष्ट्रिय ट्रमा सेन्टरको अर्थोपेडिक्स तथा ट्रमा सर्जरी विभागको विभागिय प्रमुख हुन् ।)




प्रतिक्रिया