नेपालमा पहिलोपटक डाक्टरमा देखियो कोरोना संक्रमण

नेपालमा पहिलोपटक डाक्टरमा देखियो कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा एक जना चिकित्सकमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । नेपालमा डाक्टरमाथि कोरोना संक्रमण भएको यो पहिलो घटना हो ।

स्वास्थ्य मन्त्रालयले कालिमाटीवासी काठमाडौंको एक अस्पतालमा कार्यरत चिकित्सकलाई कोरोना संक्रमण पाइएको जनाएको छ ।

संक्रमित डाक्टर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत रहेको बुझिएको छ ।

उनी कोरोना रेस्पोन्स टिममा संलग्न थिए । राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ आएको हो । उनलाई टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेशनमा लैजाने तयारी छ ।