कास्की – गण्डकी प्रदेशमा शुक्रबार ४ जना कोरोना संक्रमित थपिएका छन् । आज बिहानमात्रै ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै नवलपुरमा ४ जना संक्रमित थपिएको जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा १८, ३२, ५८ र ५९ का ४ जना पुरुष छन् । संक्रमितलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा राखिएको छ ।
मनाङ र मुस्ताङबाहेक बाँकी सबै ९ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।
अहिलेसम्म गण्डकीमा ११ जना संक्रमित निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये स्याङ्जाका १ जनाको मृत्यु भएको छ । गण्डकीमा कुल संक्रमितको संख्या १९२ पुगेको छ ।





प्रतिक्रिया