कास्की – गण्डकी प्रदेशमा थप ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबारको रिपोर्टअनुसार नयाँ ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा पोखरा महानगरपालिकाका–३ का २७ बर्षीय पुरुष र वार्ड नं १५ का ३८ बर्षीय पुरुष गरि २ जना नेपाल प्रहरीमा कार्यरत छन् भने वार्ड नं ३ का अन्य ७ जना तेर्सापट्टिमा निर्माणाधीन अपार्टमेन्ट निर्माणका लागि काम गर्ने कामदार रहेका छन् । लमजुङको मध्यनेपाल–६ का स्कुलका शिक्षकमासमेत कोरोना संक्रमण पुष्टि भएको छ ।
बाग्लुङ जिल्लाका केही संक्रमित भारतबाट र केहि जापान, ओमान, दुबई, क्यानाडाबाट आएर क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना पुष्टि भएको हो । अन्य सबैमा कन्ट्र्याक्ट ट्रेसिङबाट कोरोना संक्रमण पत्ता लागेको हो ।
संक्रमित सबैलाई आईसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३७ सय ४४ पुगेको छ ।





प्रतिक्रिया