काठमाडौं – विद्युत, पानी, यातायात, मालपोत कार्यालयमा तिर्नुपर्ने महशुल एक महिना ढिला भएपनि जरिबाना नलाग्ने भएको छ ।
कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाम गर्न बनेको उच्चस्तरीय समितिले बुधवार २५ जना एकै ठाउँमा भेला नहुने निर्णय गरेपछि पानी र विद्युतको महशुल तिर्ने स्थान भीडभाड हुने भएकाले जरिबाना मिनाहा गर्ने भएको हो ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बिहीवारको बैठकमा सो छलफल भएको थियो । सो विषय उच्चस्तरीय समितिबाट निर्णय भएको हो ।




प्रतिक्रिया