काठमाण्डु – प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
साउन १८ गते काठमाण्डुबाट फर्किएका मन्त्री यादवले १९ गते कोरोना परीक्षण गराएका थिए । बुधबार साँझ मन्त्री यादवमा कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
मन्त्री यादवले आफूलाई कोरोना लागेपनि कुनै लक्षण नदेखिएको बताएका छन् । मन्त्री यादव अहिले सरकारी निवासमा सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।
मन्त्री यादवको मन्त्रालयका ८ जना कर्मचारीमासमेत कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै मुख्यमन्त्री कार्यालयका चार जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यसअघि संघीय सांसद प्रदिप यादव र वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई पनि कोरोना संक्रमण भएको छ ।




प्रतिक्रिया