कोरोना पुष्टि भएपछि कोटघर स्वास्थ्यचौकी सिल

कोरोना पुष्टि भएपछि कोटघर स्वास्थ्यचौकी सिल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिञ्जा – कोरोना सङ्क्रमणको थप जोखिम हुन नदिन कनकासुन्दरी गाउँपालिका–८ स्थित पाण्डव गुफा कोटघर स्वास्थ्यचौकीलाई सिल गरिएको छ ।

कनकासुन्दरी–३ स्थायी घर भएको एक महिलालाई कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीलाई सिल गरिएको हो ।

स्वास्थ्यचौकी प्रमुख पद्मा रावतले स्वास्थ्यचौकी र आसपासका क्षेत्र सिल गरिएको र सम्पूर्ण सेवा अनिश्चितकालको लागि बन्द गरिएको जानकारी दिइन् । सरकारले लकडाउन खुला गरेपछि गाउँपालिका पहिलोपटक कोरोना देखिएको हो ।