पुनः परीक्षणका लागि हङकङ पठाइएका ८ जनामा कोरोना ‘नेगेटिभ’

पुनः परीक्षणका लागि हङकङ पठाइएका ८ जनामा कोरोना ‘नेगेटिभ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – हङकङमा कोरोना भाइरस पुनः परीक्षणका लागि पठाइएका ८ वटा नमूनाको नतिजा नेगेटिभ आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षणपश्चात पुनः परिक्षणका लागि हङकङ पठाइएको थियो ।

कोरोना परीक्षणका लागि विश्वस्वास्थ्य संगठनको प्रयोगशाला हङकङमा पठाइएका ८ जनामा कोरोनाको संक्रमण नपाइएको हो ।

हालसम्म नेपालमा ७५८ नमूना परिक्षण गरिएकोमा ३ जना संक्रमित भेटिएका छन । त्यसबाहेक ७५५ जनामा कोरोना भाइरस देखिएन । त्यस्तै ३ जना संक्रमितमध्ये १ जना निको भइसकेका छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहको छ ।