गुजरातस्थित कोरोना अस्पतालमा आगलागी, ८ संक्रमितको मृत्यु

गुजरातस्थित कोरोना अस्पतालमा आगलागी, ८ संक्रमितको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारतको गुजरातस्थित कोरोना अस्पतालमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ ।
अहमबाद शहरको नवरंगपुरस्थित श्रेय अस्पतालमा भएको उक्त आगलागीमा मृत्यु हुनेमध्ये तीन जना महिला रहेका छन् ।

बिहान ३ बजेतिर अचानक आगलागी भएको अहमदाबादका अतिरिक्तम मुख्य अग्निनियन्त्रक राजेश भट्टले बीबीसीलाई जानकारी दिएका छन् । अधिकारीका अनुसार अस्पतालका कर्मचारीले पीपीई किट लगाएर काम गरिरहेका बेला सर्ट सर्किटका कारण आगो लागेको हो ।

आगो एक घण्टामै नियन्त्रणमा लिइएपनि आत्तिएर ८ कोरोना संक्रमितको मृत्यु भएको बीबीसीले जनाएको छ । आगलागीपछि उक्त अस्पतालमा उपचाररत ४० संक्रमितको एसपीवी अस्पतालमा राखिएको छ ।