एजेन्सी – भारतमा सेवामा कार्यरत एक सेना कोरोनाभाइरस पोजिटिभ पाइएका छन् । लेफ्टिनेन्ट जनरल बनर्जीले पनि सेवामा रहेका एक सेना पनि कोभिड–१९ परीक्षणमा पोजिटिभ पाइएको बताएका छन् ।
उनी हालैमात्र इरानबाट फर्किएका आफ्ना बुवाको हेरचाहका लागि लेह भन्ने ठाउँमा बिदामा बसेका थिए । उनका पिता कोभिड–१९ बाट संक्रमित थिए । तर हाल उक्त सैनिक कोरोनाभाइरसबाट मुक्त भइसकेका छन् ।
सेनामा पनि संक्रमण देखिएपछि हस्पिटल एयर फोर्स बैंगलोर एन्ड आर्मड फोर्सेस मेडिकल कलेज पुने, कमाण्ड हस्पिटल लखनउ, कमाण्ड हस्पिटल उद्यमपुर र अन्य ६ अस्पताललाई परीक्षण सुरु गर्नका लागि साधन सम्पन्न बनाउन लागिएको छ ।




प्रतिक्रिया