काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय जाने बालबालिकाहरुमा कोरोना भाइरसको संक्रमण उच्च रहेकाले अनलाइन कक्षा सञ्चालन गर्न सिफारिस गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले १८ वर्षभन्दा मुनीका बालबालिकाहरुमा १६ प्रतिशत संक्रमण पाइएकाले अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई सिफारिस गरिएको जानकारी दिए । उनले विद्यालय बन्द गर्न सिफारिस गरिएकाे जानकारी दिए ।
‘हालसम्म संक्रमण भएकामध्ये ७.५ प्रतिशत बालबालिका संक्रमित भएका छन् । पछिल्लो समय संक्रमणको दर उच्च बनिरहेको छ । विद्यालय संवेदनशील क्षेत्र भएकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन हामीले शिक्षा मन्त्रालयलाई सिफारिस गरेका छौं’, उनले काठमाण्डुपाटीसँग भने ।
शिक्षा मन्त्रालयले भने विद्यालय सञ्चालन गर्ने वा बन्द गर्ने अधिकार स्थानीय तहलाई दिइसकिएको बताएको छ ।
स्वास्थ्य मन्त्री हृदेश त्रिपाठीले स्कुलहरु पूर्णरुपमा अनलाइन माध्यममा जानुपर्ने बताए ।
उनले भने, ‘स्कुलहरु अनलाईन माध्यममा पढाइ गर्नुपर्छ । कलेज आवतजावत नगर्ने । अनलाइन कक्षा सञ्चालन गर्ने अवस्था आइसक्यो, अब ढिला गर्नुहुँदैन ।’




प्रतिक्रिया