५२ सय परीक्षण गर्दा ५१७ जनामा कोरोना संक्रमण पुष्टि

५२ सय परीक्षण गर्दा ५१७ जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ५ सय १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५२ सय ३ जनामा गरिएको परीक्षणमा ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ८० हजार ९ सय ८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ सय ५३ जना डिस्चार्ज भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ७४ हजार ३१८ पुगेको छ ।

त्यस्तै, कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार ५८ पुगेको छ ।