कोरोना संक्रमित ५ जनाको मृत्यु, २ हजार ५सय ५९ संक्रमित थपिए

कोरोना संक्रमित ५ जनाको मृत्यु, २ हजार ५सय ५९ संक्रमित थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५सय ५९ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ ।

९ हजार ६ सय ६४ जनाको परीक्षण भएकोमा २५ सय ५९ जनालाई संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँचजनाको मृत्यु भएको छ । सोही अवधिमा ४१० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्ला मध्ये काठमाण्डुमा ७ सय ६०, ललितपुरमा १सय ६ र भक्तपुरमा ७४ जना गरी ९ सय ४० जना थपिएका छन् ।

नेपालमा हालसम्म २ लाख ९४ हजार ६सय १ जनामा संक्रमण पुष्टि भएको छ भने २ लाख ७६ हजार ७५५ जना निको भएका छन् भने अहिले १४ हजार ७ सय २४ जना सक्रिय संक्रमित छन् ।