कोरोना संक्रमणका कारण मृत्यु हुनेको ग्राफ बढ्यो, एकै दिन ३५ जनाको मृत्यु

कोरोना संक्रमणका कारण मृत्यु हुनेको ग्राफ बढ्यो, एकै दिन ३५ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ ।

संक्रमणका कारण एकै दिन ३५ जनाको मृत्यु भएको नेपालमा यो पहिलो पटक हो । यो संगै हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार २ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै सोही अवधिमा ४ हजार ९ सय २८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ५सय ९७ जनाको पिसिआर र ९सय ६३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा चार हजार ९ सय २८ जनालाई संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा संक्रमित हुनेको सख्या तीन लाख १७ हजार ५३० पुगेको छ। हाल नेपालमा सक्रिय संक्रमितको सख्ंया ३४ हजार १ सय १७ पुगेको छ । आज देशभर सय ८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

हालसम्म २ लाख ८० हजार १६७ संक्रमित निको भइसकेका छन् । अहिले निको हुने दर ८८.२ प्रतिशतमा झरेको छ । यस्तै काठमाण्डु उपत्यकाका तीन जिल्ला मध्ये काठमाण्डुमा १ हजार १सय २७, ललितपुरमा २ सय ५२ र भक्तपुरमा १सय ८२ जना गरी १ हजार ५सय ६१ जना नयाँ संक्रमित थपिएका छन् ।

देशभरका क्वारेनटीनमा ५९ जना छन् भने आइसीयूमा ३सय ३७ र भेन्टीलेटरमा १सय ७ जना उपचाररत छन् ।