पछिल्लो २४ घण्टामा २७३६ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा २७३६ जना कोरोना संक्रमित थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप २७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा कुल संक्रमितको संख्या एक लाख ९९ हजार ७ सय ६० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८ सय ५३ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा १ लाख ६० हजार ५ सय ७७ जना कोरोना संक्रमित निको भएका छन् ।

हालसम्म १५ लाख ६४ हजार २ सय १४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ४८ जना पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाण्डु उपत्यकामा एक हजार चार सय २० जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाण्डुमा ११ सय ४१ , ललितपुरमा, १९३ र भक्तपुरमा ८६ जना रहेका छन् ।