बाराका पूर्वगाविस अध्यक्षसहित दुई जनाको कोरोना संक्रमणबाट मृत्यु

बाराका पूर्वगाविस अध्यक्षसहित दुई जनाको कोरोना संक्रमणबाट मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोना भाइरसको संक्रमणबाट बाराका दुई जनाको मृत्यु भएको छ ।

दुवै जना संक्रमितको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको थियो । मृत्यु हुनेमा दुवै जना पुरुष रहेका छन् ।

नारायणी अस्पतालका चिकित्सक डा उदयनारायण सिंहले ६५ वर्षीय पूर्व गाविस अध्यक्ष र बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ सिमराका ५० वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए ।

मृतकमध्ये पूर्वअध्यक्ष उच्च रक्तचाप र मधुमेहका बिरामी रहेका थिए ।