थप २४४४ संक्रमित थपिए, ३८५३ जना डिस्चार्ज

थप २४४४ संक्रमित थपिए, ३८५३ जना डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु — नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

६६४८ जनामा गरिएको पीसीआर परीक्षणमा १५०९ र ४ हजार ९९२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९३५ जना गरी २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ५३ जना कोरोना संक्रमित निको भएका छन् ।

त्यसैगरी आज देशभर ४२ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने हाल सम्म ९ हजार ५१ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।