काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
७१८७ जनामा गरिएको पीसीआर परीक्षणमा १८८९ र ४ हजार ३८१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १००३ जना गरी २ हजार ८९२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ९७ जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी आज देशभर ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
आज काठमाण्डु उपत्यकामा ५७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाण्डुमा ४३६, ललितपुरमा १९१ र भक्तपुरमा ४७ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया