नेपालमा थप २२९९ जनामा कोरोना संक्रमण पुष्टि, ३४ जनाको मृत्यु

नेपालमा थप २२९९ जनामा कोरोना संक्रमण पुष्टि, ३४ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु — नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१० हजार ५९६ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट १३९१ जनामा र एन्टिजेन विधिबाट ९०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

आज ३ हजार ४५१ जना कोरोना संक्रमित निको भएका छन् भने हालसम्म नेपालमा ६ लाख ३६०० जना निको भइसकेका छन् ।

हाल २६ हजार ३३६ जना होम आइसोलेसन, २ हजार ९३८ जना संस्थागत आइसोलेसन, ६३२ जना आइसीयू र १८१ जना भेन्टिलेटरमा रहेका छन् ।

आज देशभर थप ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म ९ हजार १७९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।