सोमबार ३४२१ जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु


काठमाण्डु — नेपालमा पछिल्लो २४ घण्टामा थप ३४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१७ हजार २७२ जनामा परीक्षण गर्दा ३ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१२ हजार २४० जनामा पीसीआर परीक्षण गर्दा २ हजार ३९१ जनामा र ५ हजार ३२ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज देशभर १ हजार ६८६ जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी आज देशभर २५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement