काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा १९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४४३ जनाको पिसिआर परीक्षण तथा तीन हजार ३७ जनाको एन्टिजेन परीक्षणमा १९२० जनामा संक्रमण पुष्टि भएको हो ।
आज देशभर २ हजार २ सय ४८ जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
साथै नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार सात सय ५१ पुगेको छ । आज काठमाण्डु उपत्यकामा ५६६ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाण्डुमा ३९५, ललितपुरमा ६१ र भक्तपुरमा ११० जना संक्रमित भेटिएका छन् ।





प्रतिक्रिया