काठमाण्डु उपत्यकामा २९५६ सहित देशभर ५७२७ जना कोरोना संक्रमित थपिए

काठमाण्डु उपत्यकामा २९५६ सहित देशभर ५७२७ जना कोरोना संक्रमित थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय २७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १५ हजार ३ सय ९१ जनाको पिसिआर र ५२५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ५ हजार ७ सय ९१ जनालाई संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा संक्रमित हुनेको सख्या तीन लाख २३ हजार १८७ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३४ हजार १ सय १७ पुगेको छ । आज देशभर ९२८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । हालसम्म २ लाख ८१ हजार ९१ संक्रमित निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । यो संगै हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार २ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै काठमाण्डु उपत्यकाका तीन जिल्ला मध्ये काठमाण्डुमा २ हजार ४ सय ४, ललितपुरमा ४ सय १९ र भक्तपुरमा १३३ जना गरी २ हजार ९ सय ५६ जना नयाँ संक्रमित थपिएका छन् ।

देशभरका क्वारेन्टाइनमा ५५ जना रहेको मन्त्रालयले जनाएको छ ।