कोरोना ग्राफः ४०२२ डिस्चार्ज हुँदा ८८५० जना संक्रमित थपिए

कोरोना ग्राफः ४०२२ डिस्चार्ज हुँदा ८८५० जना संक्रमित थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा मात्र ८ हजार ८ सय ५० जना कोरोना संक्रमित थपिएका छन् ।

१८ हजार ८ सय ८७ जनाको पिसिआर र ५ सय ६ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ८ हजार ८ सय ५० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४०२२ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । हालसम्म कोरोना भाइरसको संक्रमणबाट निको हुनेदर ७६.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु भएको छ । काठमाण्डु उपत्यकामा भक्तपुरमा ५०७, ललितपुरमा ५३३, काठमाण्डुमा ३१६१ गरी कूल ४१९८ जनामा संक्रमण पुष्टि भएको छ ।