कोरोना ग्राफ बढ्दैः ९२४७ जनामा संक्रमण पुष्टि हुँदा ५७६७ डिस्चार्ज


काठमाण्डु – पछिल्लो २४ घण्टामा थप ९ हजार २ सय ४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा २१३५३ जनाको पीसीआर र ४३४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ हजार २ सय ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २१४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५२१५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर ५७६७ जना संक्रमित डिस्चार्ज भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा काठमाण्डु उपत्यकामा तीन हजार ९८ जना कोरोना संक्रमित थपिएका छन् ।

जसमध्ये काठमाण्डुमा २३४६, ललितपुरमा ४५४ र भक्तपुर २९८ जना कोरोना संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement