बढ्दै कोरोना ग्राफः ८०३५ मा संक्रमण पुष्टि हुँदा ६५४३ जना डिस्चार्ज

बढ्दै कोरोना ग्राफः ८०३५ मा संक्रमण पुष्टि हुँदा ६५४३ जना डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डुः नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ३ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न ठाउँमा हजार ६सय ९५ पीसीआर र ३सय ९२ जनामा एन्टीजेन परीक्षण गदा ८ हजार ३ सय ५ जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ९२ हजार ४९९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ५सय ४३ जना संक्रमित कोरोना मुक्त भएका छन् ।

यो संगै कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख ६६ हजार ९सय ४६ पुगेको मन्त्रालयले जनाएको छ । सोही अवधिमा थप १सय ९० संक्रमितको मृत्यु भएको छ ।

हालसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ५हजार ८ सय ४७ पुगेको छ । अहिले १ लाख १५ हजार ८५२ जना संक्रमित आइसोलेसनमा छन् ।

बुधबार ८ हजार १ सय ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यस्तै हिजो ७ हजार ९ सय ८९ जना संक्रमणमुक्त भएका थिए ।