एजेन्सी – बेलायती महारानी इलिजावेथलाई कोरोना भाइरस संक्रमण भएको छ । महारानी इलिजावेथलाई कोरोना भाइरस संक्रमण भएको राजदरबारले पुष्टि गरेको छ ।
महारानीले यसअघि कोरोना संक्रमण देखिएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग मार्च ११ मा भेट गरेकी थिइन् । बगिङ्हम प्यालेसका अनुसार जोन्सनले मार्च ११ मा महारानीसँग भेट गरेका थिए । यसअघि प्रधानमन्त्री जोन्सनलाई कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा छन् । उनले आफू घरबाटै काम गर्नेसमेत बताएका थिए ।
दरबारका अनुसार उनको स्वास्थ्य अवस्था सामा्नय रहेको छ । दरबारले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘महारानीलाई पनि कोरोना पोजेटिभ संक्रमण देखिएको छ । उनी अहिले विन्डसोस क्यासलमा सेल्फ–आइसोलेसनमा छिन् । महारानी र प्रधानमन्त्रीबीच मार्च ११ मा भेट भएको थियो ।’
यसअघि बुधबार राजकुमार चार्ल्सलाई पनि कोरोना संक्रमण देखिएको थियो ।




प्रतिक्रिया