काठमाण्डु – संघीय संसदको राष्ट्रियसभाका एक सांसदसहित ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
राष्ट्रियसभाका १ सदस्य र ५ जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको संघीय संसद् सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए ।
हिजो बिहीबार संसद सचिवालयका ४१ ज्ना सांसद र अन्य कर्मचारी गरी ९७ जनाको कोरोना परीक्षण गरिएको थियो । राष्ट्रियसभाको हिउँदे अधिवेशन आज दिउँसो ४ बजेदेखि बस्दैछ ।
प्रतिनिधिसभाको विघटन गत पुस ५ गते नै विघटन भइसकेको छ । प्रतिनिधिसभा विघटन भएपछि पहिलो पटक राष्ट्रियसभाको बैठक बस्न लागेको हो ।




प्रतिक्रिया