१ सय ८ जना नयाँ कोरोना संक्रमित थपिए, १३९ जना डिस्चार्ज

१ सय ८ जना नयाँ कोरोना संक्रमित थपिए, १३९ जना डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा कोरोनाभाइरसका १ सय ८ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबार देशभरका २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा विगत २४ घण्टामा ४ हजार ५ सय ८८ जनाको पिसिआर परीक्षण गर्दा १ सय ८ जनामा कोरोना पुष्टि भएको  जानकारी दिए ।

बुधबारसम्म कोरोनाका १६ हजार चार सय २३ संक्रमित थिए । यो संख्या बढेर बिहीबार १६ हजार ५ सय ३१ पुगेको हो ।
देशभरका क्वारेन्टिनमा २४ हजार ४ सय २५ जना मानिसहरू रहेका छन् भने पछिल्लो २४ घण्टामा १३९ जना डिस्चार्ज भएका छन् ।