व्यवसायीको मागः सरकारले चालक र सहचालकको कोरोना बिमा गरे मात्र गाडी निकाल्छौं

व्यवसायीको मागः सरकारले चालक र सहचालकको कोरोना बिमा गरे मात्र गाडी निकाल्छौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रिय कार्यलय सानेपामा आज बिहान नेपाली कांग्रेसले गठन गरेको कोरोनापछि उत्पन्न परिस्थिति अनुगमन समितिले र नेपाल यातायात व्यावसायि महासंघको टोलीबीच छलफल भएको छ ।

यातायात व्यावसायीहरुले आफ्ना गाडीहरु महिनौं सम्म ग्यारेजमा थन्काएको र ति गाडीहरु मर्मत गरेर मात्रै चलाउने अवस्थामा भएको भन्दै मर्मतका लागि पुनरकर्जा, गाडी चालक र सहचालकलाई कोरोना बिमा,गाडी चालक र सहचालकलाई स्वास्थ्य समाग्री पनि ब्यबस्थापन सरकारले गर्नुपर्ने माग गरेका छन् । व्यवसायीले लकडाउनको समयको किस्ता स्थगन गर्नुपर्ने पनि माग राखेका छन् ।

सो समितिले आजै विभिन्न चेम्बरहरुसँग पनि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। उक्त छलफलमा सहभागी विभिन्न चेम्बरका प्रतिनिधिहरुले पनि असार मसान्तसम्म बैंकको ब्याज र किस्ता तिरिसक्नु पर्ने तर मौद्रिक नीति चाहिँ किन साउन ७ गते ल्याउने भनेर नेपाल ट्रेड युनियन कांग्रेसका सदस्यहरुले प्रश्न उठाए ।

आजै कोरोनापछि उत्पन्न परिस्थिति अनुगमन समितिले नेपालमा क्रियाशिल पर्यटन ब्यबसायीहरु सँग पनि कोभिड–१९ ले पर्यटन क्षेत्रमा पारेको प्रभावबारे छलफल गरेको छ । उक्त छलफलमा पर्यटन व्यावसायिहरुले प्रधानमन्त्री राहत कोशलाई पर्यटन पर्वधनमा खर्च गर्न सरकारलाई सुझाव दिन कांग्रेसको समितिलाई आग्रह गरेका छन् ।

उनीहरुले कोभिडको प्रभाव यहि अवस्था अझै एक महिना लम्बिने र सरकारले पर्यटन क्षेत्रमा कुनै राहत नल्याउने हो भने पर्यटन व्यावसायिले आत्महत्या गर्नुपर्ने अवस्था आउसक्ने चेतावनी समेत दिए । सरकारले अब चार पाच दिनमा पर्यटन क्षेत्रमा सुधारका निम्ति कदम नचाले आफुहरु सडक आन्दोलनमा जाने पनि पर्यटन व्यावसायीहरुले बताए ।