एजेन्सी – कोरोनाभाइरसको केन्द्र बनेको इटालीमा प्रत्येक दिन मृत्युको आंकडा बढ्दै गइरहेको छ । यो महामारीको विनासले इटालीलाई ध्वस्तनै पारेको छ ।
युरोपको यो देशमा हालसम्म ८ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । शुक्रबार यहाँ सर्वाधिक मृत्यु भएको छ । यहाँ कोरोनाभाइरसका कारण शुक्रबार मात्रै करिब १००० मानिसको ज्यान गएको छ ।
कोरोनाभाइरसको प्रकोप युरोपको एक देशमा मात्रै होइनकी बेलायत, स्पेन, जर्मनीमा पनि व्यापक फैलिएको छ । पुरै युरोपमा कोरोनाभाइरसको ३ लाख भन्दा बढी संक्रमण रहेको छ ।
इटालीमा मात्रै ८६ हजार संक्रमण पुष्टि भएको छ । यो भन्दा पहिले इटालीमा बिहीबार ७१२, बुधबार ६८३, मंगलबार ७४३ र सोमबार ६०२ को ज्यान गएको थियो ।
विश्वभरी ५,६६,२६९ संक्रमित
विश्वभरीमा कुल ५,६६,२६९ मानिस सांक्रमित भएका छन् भने २६ हजार भन्दा बढी मानिसको ज्यान गइसकेको छ । चीनपछि युरोप सर्वाधिक बढी कोरोनाको चपेटामा आएको छ ।
विगत २४ घन्टाको अवधिमा स्पेनमा ७६९ मानिसको ज्यान गएको छ । स्पेनमा एकै दिनमा यो सर्वाधिक बढी मृत्युको आंकडा हो ।
यहाँ कोरोनाभाइरसको संक्रमण्मा वृद्धि भइरहेको छ । कोरोनाको बिरामीको संख्या ६५,०५९ पुगेको छ । स्पेनमा ८००० नयाँ संक्रमित भएका छन् ।
अमेरिकामा विगत २४ घन्टाको अवधिमा १६,००० मानिस कोरोनाको चपेटामा आएका छन् । यहाँ पुष्टि भएको घटना ८५,५९४ सम्म पुगेको छ ।




प्रतिक्रिया