कैलालीमा एकै दिन थपिए ५७ जना कोरोना संक्रमित

कैलालीमा एकै दिन थपिए ५७ जना कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कैलालीमा एकै दिन ५७ जना कोरोना संक्रमित थपिएका छन् । धनगढी प्रयोगशालामा गरिएको परीक्षणका क्रममा दुई वटा नगरपालिकाका ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गोदावरी नगरपालिकामा ३२ र लम्कीचुहा नगरपालिकामा २५ जनामा संक्रमण पाइएको हो ।

जसमध्ये गोदावरीका २८ जना पुरुष र ४ जना महिला रहेका छन् । त्यस्तै लम्की चुहा नगरपालिकाका १९ जना पुरुष र ६ जना महिला मा कोरोना संक्रमण पुष्टि भएको हो ।