काठमाडौं – कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या सात सय नाघेको छ ।
बिहीबार ५५ जना थपिएसँगै कोरोना संक्रमितको संख्या सात सय ६३ पुगेको हो । संक्रमितहरु सबैभन्दा बढी दैलेखमा ४८ जना, सुर्खेतमा ६ जना र काठमाडौंका एक जना रहेका छन् । संक्रमितहरु ६ महिनादेखि ५० वर्ष उमेर समूहका रहेका छन् ।
काठमाडौंको बुढानिलकण्ठ नगरपालिका २ एक २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पाइएको हो ।





प्रतिक्रिया