कर्णालीमा ५४ र रौतहटमा ११ जना कोरोना संक्रमित थपिए

कर्णालीमा ५४ र रौतहटमा ११ जना कोरोना संक्रमित थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट – रौतहटमा ११ जना कोरोना संक्रमित फेला परेका छन् ।

जिल्ला प्रशासन कार्यालय रौतहटले आज ११ जनामा कोरोना भाइरसका संक्रमित फेला परेको जनाएको छ । अहिलेसम्म जिल्लामा ३९९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

त्यस्तै कर्णाली प्रदेशमा ५४ जना कोरोना संक्रमित फेला परेका छन् । सामाजिक विकास मन्त्रालयकाअनुसार कर्णालीमा संक्रमितको संख्या ६ सय ४१ पुगेको छ ।

आज पुष्टि भएका संक्रमितहरु सल्यानका २८, सुर्खेतका २०, दैलेखको भैरवी गाउँपालिकाका २ जना र चामुन्डा बिन्द्रासैनी नगरपालिकाका एक जना गरी तीन जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटका तीन जनामा संक्रमण पुष्टि भएको छ । कालिकोटको खाडाचक्र नगरपालिकाका २ र महावै गाउँपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको हो ।