कर्णालीमा कोरोना संक्रमितको संख्या सात सय नाघ्यो

कर्णालीमा कोरोना संक्रमितको संख्या सात सय नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कर्णालीमा कोरोना संक्रमितको संख्या सात सय नाघेको छ । आज थप ३७ जनामा कोरोना भाइरस संक्रमित फेला परेसँगै संक्रमितको संख्या ७ सय नाघेको हो ।

सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट थप ३७ जनामा कोरोना पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये दैलेखका २५ जना, सुर्खेतका ९ जना र जाजरकोटका ३ जना रहेका छन् ।

दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नं. १, २, ३, ४ र ५ का २३ जना पुरुष र २ जना महिला रहेका छन् । सुर्खेतको बराहाताल गाउँपालिका–४ का एकजना पुरुष, गुर्भाकोट नगरपालिका–१२ का दुईजना महिला १४ नम्बरका चारजना पुरुष र एकजना महिला रहेका छन् । सिम्ता गाउँपालिका ३ का एक पुरुष रहेका छन् ।

त्यस्तै जाजरकोट छेडागाड नगरपालिका–१२ का दुईजना पुरुष, शिवालय गाउँपालिका–१, का एकजना पुरुष रहेका छन् ।