काठमाण्डु उपत्यकामा १ सय ६६ जना संक्रमित थपिए , कपाल काट्नेलाई पनि कोरोना

काठमाण्डु उपत्यकामा १ सय ६६ जना संक्रमित थपिए , कपाल काट्नेलाई पनि कोरोना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ६६ जना कोरोना संक्रमित थपिएका छन् ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाण्डु, ललितपुर र भक्तपुरमा १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

संक्रमितमध्ये काठमाण्डुमा १ सय २६, भक्तपुरमा २८ र ललितपुरमा १२ जनामा संक्रमण देखिएको हो ।

त्यस्तै कागेश्वरी मनोहरा नगरपालिकामा सैलुन सञ्चालकमाथि नै कोरोना संक्रमण पुष्ट भएको छ । वडा नम्बर ९ काँडाघारी क्षेत्रमा सञ्चालन हुँदै आएको सैलुनका सञ्चालकमाथि नै कोरोना संक्रमण पुष्टि भएको हो ।

अहिले नगरपालिकाले कपाल काट्नेहरुको खोजी जारी राखेको नगरपालिकाका मेयर कृष्णहरी थापाले जानकारी दिए ।