काठमाण्डु – पछिल्लो २४ घण्टामा काठमाण्डु उपत्यकामा २ सय ३२ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाण्डु, ललितपुर र भक्तपुरमा २सय ३२ जना कोरोना संक्रमित थपिएका हुन् ।
जसमध्ये काठमाण्डुमा १ सय ९९ जना, ललितपुरमा १९ जना र भक्तपुरमा १४ जना रहेका छन् । नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ । मंगलबार देशभर ८ सय ५५ जनामा संक्रमण फेला परेको हो ।
पछिल्लो २४ घण्टामा नेपालमा ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ ।




प्रतिक्रिया