काठमाण्डु उपत्यकामा ४ सय १५ जनामा कोरोना संक्रमित थपिए

काठमाण्डु उपत्यकामा ४ सय १५ जनामा कोरोना संक्रमित थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय १५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाण्डु, ललितपुर र भक्तपुरमा ४ सय १५ जना संक्रमित फेला परेको जानकारी दिए ।

जसअनुसार काठमाण्डुमा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आजको संक्रमण हिजोको तुलनामा बढी हो । हिजो काठमाण्डु उपत्यकामा ३७७ जना संक्रमित फेला परेका थिए ।