काठमाण्डु उपत्यकामा थपिए ३ सय २६ जना कोरोना संक्रमित

काठमाण्डु उपत्यकामा थपिए ३ सय २६ जना कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा २९३, ललितपुरमा २० र भक्तपुरमा १३ जना रहेका छन् ।

आइबार उपत्यकामा ३ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये काठमाण्डुमा २९०, ललितपुमा ३२ र भक्तपुरमा ३२ जना रहेका थिए ।

हालसम्म काठमाण्डु उपत्यकामा कोरोना संक्रमितको संख्या ८ हजार ५ सय ८० रहेको छ ।