काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा ५ सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ४४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ जना रहेका छन् ।
पछिल्ले २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । जसअनुसार काठमाण्डुमा चार जना महिला र १ जना पुरुष, भक्तपुरमा एक जना पुरुष र ललितपुरमा एक जना पुरुष रहेका छन् ।
यस्तै आइतबार ५ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ जना रहेका थिए ।
यो सहित काठमाण्डु उपत्यकामा संक्रमितको संख्या १२ हजार २ सय ४८ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।




प्रतिक्रिया