काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा ६ सय १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ५०७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जना रहेका छन् ।
यस्तै बुधबार ७ सय ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा ६५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जना रहेका थिए ।
यो सहित काठमाण्डु उपत्यकामा संक्रमितको संख्या १४ हजार २ सय ७६ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।




प्रतिक्रिया