काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा ६ सय ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जना रहेका छन् ।
यस्तै सोमबार ७ सय ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा ५३८, ललितपुरमा ६२ र भक्तपुरमा ७४ जना रहेका थिए ।
यो सहित काठमाण्डु उपत्यकामा संक्रमितको संख्या १७ हजार ९ सय ३४ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।




प्रतिक्रिया