काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ६ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा २१०० , ललितपुरमा ३६९ र भक्तपुरमा २०३ जना रहेका छन् ।
शुक्रबार काठमाण्डु उपत्यकामा १४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा १११६ , ललितपुरमा १६३ र भक्तपुरमा १३० जना रहेका थिए । काठमाण्डु उपत्यकामा सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय ८७ रहेका छन् ।
योसहित काठमाण्डु उपत्यकामा संक्रमितको संख्या ४० हजार ६ सय ६९ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।




प्रतिक्रिया