काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ जना रहेका छन् ।
मंगलबार काठमाण्डु उपत्यकामा २१ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा १७४६, ललितपुरमा २१६ र भक्तपुरमा १६७ जना रहेका थिए ।
योसहित काठमाण्डु उपत्यकामा संक्रमितको संख्या ४७ हजार ९ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।




प्रतिक्रिया