काठमाण्डु उपत्यकामा थपिए १९३५ जना कोरोना संक्रमित

काठमाण्डु उपत्यकामा थपिए १९३५ जना कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ९ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा १६९२, ललितपुरमा १०८ र भक्तपुरमा १३४ जना रहेका छन् ।

बुधबार काठमाण्डु उपत्यकामा १४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ जना रहेका थिए ।

योसहित काठमाण्डु उपत्यकामा संक्रमितको संख्या ४९ हजार ८ सय ३५ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।