काठमाण्डु उपत्यकामा २४ सय २ जना कोरोना संक्रमित थपिए

काठमाण्डु उपत्यकामा २४ सय २ जना कोरोना संक्रमित थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ४ सय २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा १७८४, ललितपुरमा ३७४ र भक्तपुरमा २४४ जना रहेका छन् ।

बिहीबार काठमाण्डु उपत्यकामा १४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसहित काठमाण्डु उपत्यकामा संक्रमितको संख्या ५२ हजार २ सय ३७ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।